मालपोत कार्यालयमा बम विस्फोट, पाँच घाइते, एककाे अवस्था गम्भीर

काठमाडौं चैत १ : सिराहाको लहानस्थित मालपोत कार्यालय परिसरमा  प्रेसरकुकर बम विस्फोट भएको छ।

विस्फोटमा परी पाँचजना घाइते भएको सिरहा प्रहरीले जनाएको छ। एक जना घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ।

बम विस्फोटमा कसको संलगनता रहेको भन्ने अहिलेसम्म नखुलेको प्रहरीको भनाइ छ।