ओलीलाई भट्टराईको चेतावनी, सत्ता नछाडे ‘भीरबाट लड्ने गाई’को अवस्था आउने

काठमाडौं, चैत्र २ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई सत्ता छाड्न आग्रह गरेका छन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत परिस्थिति बुझेर बेलैमा सम्मानित तरिकाले सत्ता छाड्न आग्रह गरेका हुन् अन्यथा ‘भीरबाट लड्ने गाई’को अवस्था आउने चेतावनी  समेत उनले दिएका छन् ।

उनले व्यग्यात्मक शैलीमा लेखेका छन्, ‘दन्त्यकथाका भेडाहरू काठको फड्केमा बाटो छोड्नुसट्टा सिंगौरी खेलेर दुवै मरेका थिए रे, नेपाली राजनीतिका मूर्ख र अहंकारी भेडाहरूको नियति त्यस्तै हुनलागेको हो त ? अझै पनि समय छनैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने हैसियत गुमाइसकेको ओलीतन्त्रले बाटो छोडोस्, नत्र भीरबाट लड्ने गाईलाई…!’