दोस्रो चरणको खोप अभियान (फोटो फिचर)


नेपाल सरकारले दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप लगाउन थालेको छ । जेष्ठ नागरिकहरु खोप लगाउन बढि उत्साहित देखिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुन २३ गते आइतबार बिहान त्रिवि शिक्षण अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गरेका हुन् ।

देशका विभिन्न अस्पतालहरुमा जेष्ठ नागरिकहरुले कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी छ । यसै सन्दर्भमा काठमाडौंको क्षेत्रपाटी निशुल्क चिकित्सालयमा काठमाडौं महानगरपालिका अन्तर्गत वडा नम्बर १६,१७,१८,१९,२४ र २५ का वडाबासीहरुले खोप लगाएका छन् भने कीर्तिपुर नगरपालिका अन्तर्गत वडा नम्बर ४,६ र १० का वडाबासीहरुले  कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रमा खोप लगाएका छन्।

चैत १० गतेसम्म ६५ वर्षमाथिका नागरिक र त्यसपछि ५५ वर्षमाथिका नागरिक, महाविद्यालयका प्राध्यापक, विद्यालय (सामुदायिक÷निजी) का शिक्षक कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिइनेछ । ज्येष्ठ नागरिक खोप अभियानमा १६ हजारलाई खोप प्रदान गरिने लक्ष्य लिइएको छ । शब्द / तस्विर : सुनिल शर्मा