ओलीले भोलिका लागि बोलाएको संसदीय दलको बैठक खनाल र नेपाल पक्षले बहिष्कार गर्ने

काठमाडौं : एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले भोलि (बिहीबार) का लागि बोलाएको संसदीय दलको बैठक वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बहिष्कार गर्ने भएको छ । भोलि बिहान ११ बजे ओलीले बैठक बोलाएका छन् ।

एमाले नेता विशाल भट्टराईका अनुसार बालुवाटारमा बस्ने बैठकमा सूर्य चिह्नबाट निर्वाचित सबै सांसदहरुलाई बोलाइएको छ ।