नेपाल र खनाल समूहमा रहेका सांसदहरुले छुट्टै छलफल गरेपछि बालुवाटार बैठकमा जाने, वामदेव गौतम नजाने

नेपाल र झलनाथ खनाल समूहमा रहेका सांसदहरुले छुट्टै छलफल गरेपछि बालुवाटारकै बैठकमा जाने निष्कर्षमा पुगेका छन्।

उनीहरु ललितपुरको एक पार्टी प्यालेसमा छलफलपछि बालुवाटारकै बैठकमा जाने निष्कर्षमा पुगेका हुन् ।

आफूहरु बालुवाटार बैठकमा जाने निष्कर्षमा पुगेको नेपाल पक्षका एक सांसदले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा एमाले संसदीय दलको बैठक बालुवाटारमा ११ बजे बस्ने लागेको हो । नेता योगेश भट्टराईले भने स्थायी कमिटी सदस्यहरुबाहेक सबै सांसहरु बालुवाटार जाने निर्णय भएको बताए।

नेता वामदेव गौतम पनि आज बालुवाटारमा आयोजना गर्ने संसदीय दलको बैठकमा नजाने भएका छन् ।