कांग्रेस पदाधिकारी बैठक बस्दैं

काठमाडौं, चैत्र ९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारी सहित शिर्ष नेताको वैठक आज बस्दै छ ।

दिउँसो २ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा पदाधिकारी र पूर्व पदाधिकारी सहभागी हुने बताइएको छ। बैठकमा नयाँ सरकार निर्माणका विषयमा छलफल हुने कार्यक्रम रहेको बुझिएको छ । सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीमा पार्टीबाट औपचारिक प्रस्ताव गर्ने वा नगर्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुने जनाईएको छ ।

यसअघि आइतबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला गरेपछि पदाधिकारी बैठक बस्न लागेको हो। पौडेलले आइतबार आफ्नै निवास बोहराटारमा आफूनिकट नेताहरूसँग छलफल गरेका थिए।  

सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा अन्य दलसँग परामर्श गर्नुपर्ने पौडेल पक्षकोे धारणा छ। यद्यपी, सभापति देउवा भने वैकल्पिक सरकार गठनका लागि परिस्थिति परिपक्व नबनेको भन्दै हतार गर्न नहुने पक्षमा छन्।