एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुुमा पनि समानान्तर कमिटी गठन

काठमाडौं, ११ चैत : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समानान्तर कमिटी निर्माणलाई तीव्रता दिएको छ। यसै क्रममा एमालेनिकट विद्यार्थीको संगठन अनेरास्ववियुुमा पनि समानान्तर कमिटी गठन गरिएको छ। त्यसका लागि मंगलबार विद्यार्थीको राष्ट्रिय भेलाको आयोजना गरिएको थियो । 

अनेरास्ववियु समानान्तर कमिटीको अध्यक्ष सुदेश पराजुलीलाई बनाइएको छ । सो कमिटीमा सहअध्यक्ष ओसिम आलम र महासचिव आरती लामा छन्। आठजना उपाध्यक्षमा यसु लामा, हिरेन्द्र शाही, लोकेश निरौला, माधव पन्थ, केशरी रेग्मी, सुदिप शर्मा, युवराज कुँवर र कल्पना थापा छन्।

सो कमिटीमा सचिव मात्र ३७ जना छन् । उनीहरू मिलन राई, एकराज दाहाल, प्रकाश श्रेष्ठ, दीपक फुयाल, रवि राय, प्रतिक्षा कार्की, भुपेन्द्र शाह, अशोक थापा, तपेन्द्र शाही, ऐनविक्रम कुँवर, कल्याण दाहाल, नरेश न्यौपाने, भुपेन्द्र शाही, सञ्जय लामा, दुर्गा जोशी, गणेशसिंह ऐरी, भीष्मराज सुवेदी, डम्बर सिंह, जंग विक, दीपक विष्ट, दिनेश लो, डा. निश्चल गुप्ता, लायक चौधरी, निशा चापागाई, हरिश खड्का, देवीनन्द मण्डल, राजकिशोर यादव, राजन शर्मा पराजुली, महेश श्रेष्ठ, प्रदीप थापा, राजु थामसाङ, किशोर टण्डन, दीपेश बराल, लक्ष्मी केसी, राजकुमार विक, राजेन्द्र कुँवर र भेषनाथ चापागाईं हुन्।

केन्द्रीय अनुशासन आयोगको अध्यक्ष शंकर गौतम लाई बनाइएको छ भने केन्द्रीय लेखा आयोग अध्यक्ष उत्तर खड्का चुनिएका छन्। केन्द्रीय निर्वाचन आयोग अध्यक्षको जिम्मेवारी रमेश बराललाई दिइएको छ।

यो समूहले अखिल नेपाल महिला संघ र युवा संघ नेपालमा पनि समानान्तर कमिटी बनाइसकेको छ।