ओलीले शुक्रबार दिउँसो ३ बजे बाेलाए संसदीय दलको बैठक

काठमाडौं, चैत १२ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले संसदीय दलको बैठक बोलाएका छन्।

उनले शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए।

बैठकमा चालु संसद अधिवेशनलाई कसरी प्रभावकारी बनाउने, संघीय सांसदलाई विकासका योजना पेस गर्ने विषयमा तरिका सिकाउने र संसदीय दललाई एकढिक्का बनाउने विषयमा छलफल हुने उनले बताए।

यसअघि एमालेको संसदीय दलको बैठक चैत ७ गते बालुवाटारमै बसेको थियो। प्रधानमन्त्रीको एकतर्फी निर्णयले आफूहरूलाई जिम्मेवारीविहीन बनाएको भन्दै आक्रोशित नेपाल समूहले पार्टी बैठक बहिष्कार गर्दै आएको छ ।

नेपाल समूहले बैठक पार्टीसम्बद्ध बैठक पार्टी कार्यालय वा संसदीय दलको कार्यालयमा बस्नुपर्ने बताउँदै आएको छ।