महेश बस्नेतले कारागारमै भेटे रेशम चौधरी
काठमाडौं, चैत १३ : एमालें सांसद महेश बस्नेत जसपाका निलम्बित सांसद् रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका छन् ।
सत्ता समिकरणका लागि जसपाले रेशम चौधरीलगाएत थारुहट आन्दोलनका बन्दीलाई रिहाई गर्न माग गरेकाले प्रधानमन्त्री ओलीले आफू निकट नेता बस्नेतलाई चौधरीलाई भेट्न डिल्लीबजार कारागार पठाएका हुन् । बस्नेत चौधरीलाई भेट्न शुक्रबार बिहान कारागार पुगेका थिए ।
रेशम चौधरीलाई कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा ९ जनाको ज्यान जाने गरी ७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक घटनामा अदालतले दोषी ठहर गरी जन्मकैदको सजाय सुनाएको थियो ।