कोरोनाले छेकेन होली


फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत हिमाली र पहाडी जिल्लामा तथा तराई र मधेशका जिल्लाहरुमा मनाउने गरिन्छ । होली पर्वमा रङ एक अर्कालाई लगाइदिने र खुशियाली साटासाट गर्ने गर्छन् ।

सरकारले कोरोना महामारी फैलिने जोखिम रहेको भन्दै सर्वसाधारणलाई घरभित्रै परिवारसँग होली मनाउन आग्रह गरेको थियो । सरकारले भीडभाड नगर्न आग्रह गरेपनि मानिसहरु बसन्तपुर क्षेत्र लगायतका ठाउँमा कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गरेर पुगेर रङ खेलेका छन् ।

यस्तै कतिपय ठाउँमा भने घरपरिवारका सदस्यहरुबीच सानो समूहमा रहेर होली मनाइएको छ । 


























तस्विर सुनिल शर्मा