प्रमोदको सङ्गीतमा अन्जु पन्तको मार्मिक गीत बजारमा

प्रमोद पन्तको सङ्गीत र डा. सदानन्द कडेलद्वारा लिखित चर्चित गायिका अन्जु पन्तको आवाज रहेको “निस्वार्थी माया आमाको” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

इन्दिरा उपाध्याय र निरा उपाध्यायद्वारा निर्माण गरिएको सो भिडियोको निर्देशन सन्जिब पौडेल र सङ्गीतकार पन्तले गरेका हुन् भने छायांकन र सम्पादन क्रमशः दिपक जोशी र सदिश जोशीको रहेको छ।

कलाकार हिउवाला गौतम अभिनित भिडियोमा बिजुना उपाध्याय र सुनिशा ढुङ्गानाको पनि सशक्त अभिनय देख्न सकिन्छ। सो भिडियो स्वर्गीय आमा चन्द्र कुमारी उपाध्यायको तेस्रो मासिक पुण्य्बतिथीको अवसर पारेर सार्वजनिक गरिएको  हो।