टंक आङ्बुहाङलाई माओवादी केन्द्रले सांसद पदबाट हटायाे

विराटनगर, चैत २३ : माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका प्रदेश १ का सांसद टंक आङ्बुहाङलाई सो पदबाट हटाएको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका आङ्बुहाङ माओवादी केन्द्र संसदीय दलको नेतृत्व छाडेर एमाले प्रदेश गरेका थिए।

माओवादी केन्द्रका एक नेताका अनुसार सांसदबाट हटाएको जानकारी आजै (सोमबार नै) प्रदेशसभालाई दिइनेछ। उनलाई पदमुक्त गरेकाे जानकारी दिन माओवादी केन्द्रले प्रदेशसभालाई बुझाउने पत्र पनि तयार पारिसकेको जनाइएको छ।

चैत १३ गते मन्त्रीको पदभार ग्रहण गरेका आङ्बुहाङलाई माओवादी केन्द्र संसदीय दलले चैत १७ गते २४ घण्टे स्पष्टीकरण सोधे पनिले जबाफदिएका छैनन्। त्यसपछि स्पष्टीकरण नबुझाएको भन्दै पार्टीले उनलाई पदमुक्त गरेको हो ।

ताप्लेजुङ  ‘ख’ बाट निर्वाचित आङ्बुहाङकाे मन्त्री पदकाे कार्यकाल अब ६ महिनापछि सकिनेछ। सांसद नभएको अवस्थामा ६ महिनाभन्दा बढी मन्त्री बन्न नपाउने प्रावधान छ।