सिक्किममा ५.८ म्याग्निच्युडको भूकम्प धक्का नेपालसम्म

काठमाडौं, चैत २३ : प्रदेश-१ मा केहीबेरअघि भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भारतको मिन्नादुरी आसपास केन्द्रविन्दु भएको पाँच दशमलव आठ म्याग्निच्युडको भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस भएको हो ।
प्रदेश-१ का विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोडलगायत प्रमुख सहरहरूमा भूकम्पको धक्का महसुस भएको थियो।