ओली समूहले नेपाल समूहका सुदेश पराजुली, आरती लामा र वसिम आलमलाई गर्याे निलम्बन
काठमाडौं, चैत २४ : एमाले नेता माधवकुमार नेपाल समूहका तीन जना विद्यार्थी नेताहरू कारवाहीमा परेका छन् ।
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले नेपाल समूहका आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई कारबाही गरेकाे हाे।
अनेरास्ववियूका अध्यक्ष ऐन महरले साधारण सदस्यसमेत नरहने गरी लामा, पराजुली र वसिमलाई मंगलबार कारवाही गरेका हुन्। महर एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन् ।
लामासहित नेपाल समूहका विद्यार्थीहरूले गत चैत १० गते अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए।
महरले विज्ञप्ति जारी गर्दै उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको र पछिल्लोपटक २४ घण्टे स्पष्टीकरण सोधे पनि जवाफ नदिएकोले कारवाही गरेको बताएका छन् ।