विमानस्थलबाट राइस कुकरभित्र झन्डै १ किलो सुन लुकाएर ल्याउने पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राइस कुकरमा सुन लुकाएर ल्याउने एक जना पक्राउ परेका छन्।
धनुषाका प्रकाश महरालाई मंगलबार राति सवा १० बजे दुबईबाट आएको फ्लाई दुबईको विमानबाट आएका उनलाई भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेको हो।
पटक-पटक चेक गर्दा पनि तौल बढी देखाएपछि खोलेर हेर्दा कुकरकोभित्र सुन भेटिएको थियो ।
प्रकाश महराबाट ९ सय ३४ ग्राम सुन बरामद गरेको मध्ये ८८४ ग्राम सुन उनले कुकरमा हालेका थिए भने ५० ग्रामको बाला थियो। उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।