पत्रकार महासंघमा विपुल पोख्रेल नेतृत्व प्यानलको अग्रता

काठमाडौं, चैत्र २६ : नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा अध्यक्षमा विपुल पोख्रेल नेतृत्वको प्यानलले अग्रता लिएको छ । 

केही जिल्लाको गणना सकिँदा र केहीमा चलिरहँदा अध्यक्षमा पोख्रेल नेतृत्वको प्यानलले अग्रता लिएको हो । सबैभन्दा धेरै मतदाता भएको काठमाण्डौसहित प्रतिष्ठान र केही जिल्लामा मतगणना चलिरहेको छ ।

केही जिल्लामा आज बिहानदेखि मतगणना सुरु हुने र केहीको भने मतपरिणाम आइसकेको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय अध्यक्षमा पोख्रेलसहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकीको उमेदवारी रहेको छ ।