बेलायतीकी महारानीका पति राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन

बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको निधन भएको छ। बकिङ्घम प्यालेसले ९९ वर्षको उमेरमा राजकुमार फिलिपको निधन भएको जनाएको छ। एलिजावेथ गद्दीमा बस्नुभन्दा पाँच वर्षअघि सन् १९४७ मा फिलिपले उनीसँग विवाह गरेका थिए। केही समययता राजकुमार फिलिपको स्वास्थ्य बिग्रदै गएको थियो । उनले सन् २०१७ देखि स्वास्थ्यकै कारण देखाएर राजदरबारमा आफ्नो जिम्मेवारी छाड्दै गएका थिए ।

उनीहरुका चार सन्तान जन्मिएका थिए भने ८ नातिनातिना र १० पनाति–पनातिनी जन्मेका थिए।