सनातनी धर्म र संस्कृतिको रक्षा गर्नुपर्छ : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, चैत २९ : पूर्वराजा ज्ञानेन्द्र शाहले सनातनी धर्म र संस्कृतिको रक्षा गर्नुपर्नेमा जोड दिएका छन्।
भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलालाई सन्देश दिँदै आइतबार उनले मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नुपर्ने पनि उल्लेख गरेका छन्।
‘अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नु छ,’ सन्देशमा भनिएको छ, ‘हाम्रा गंगा नदनदीहरुको प्रवाह स्वच्छ पार्नु छ। भगवान रामले भन्नुभएको थियो अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी भन्ने सद्युक्तिको ख्याल हामीले राख्नैपर्छ ।’
उनले कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि पूर्वीय दर्शन, धर्म र सनातनी संस्कारमा ह्रास आएको बताउँदै उनले त्यसप्रति सबैको ध्यान पुग्नुपर्ने आवश्यकता औंल्याए।
हेर्नुहोस् सन्देश


