बालुवाटारमा ११ बजे सर्वदलीय बैठक बस्दै

काठमाडौं, वैशाख ४ : प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्न लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। आज बिहान ११ बजे सर्वदलीय बैठक बस्न लागेको हाे।

समसामयिक राजनीकित विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सर्वदलीय बैठकमा नेपालमा सुरु भएको कोरोना भाइरसको दोस्रो लहरका विषयमा पनि छलफल हुने जनाएको छ।

सर्वदलीय बैठकका लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको छ। प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिश गरेपछि विवाद सुरु भएको थियो।

सर्वोच्च अदालतले प्रधानमन्त्रीको निर्णय खारेज गरे पनि राजनीतिक विवाद सुल्झिएको छैन। प्रधानमन्त्री ओली र अन्य राजनीतिक दलका नेताबीचको तनावमा कायमै रहेको छ।

यससँगै कोरोनाको दोस्रो लहर सुरु भएको छ। सरकारले १४ जिल्लालाई अति प्रभावित घोषणा गरेको छ। यस विषयमा पनि सर्वदलीय बैठकमा छलफल हुने भएको छ।