एमालेका फ्लोर क्रस गरेका तीन सांसद बने कर्णाली प्रदेशका मन्त्री

सुर्खेत, वैशाख ४ : विश्वासको मतमाथि भएको मतदानमा फ्लोर क्रस गरेर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका तीन एमाले सांसद मन्त्री बनेका छन् ।

मुख्यमन्त्री शाहीले कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका हुन् ।

उनीहरूलाई एमालेले पार्टी सदस्यसमेत नरहने गरी कारवाही गरिसकेको छ । सरकार जोगाउन साथ दिएको कांग्रेसलाई पनि मन्त्रिमण्डलमा समेट्ने योजनामा मुख्यमन्त्री शाही छन् ।