माओवादी केन्द्रको स्थायी समितिको आज बस्ने बैठकले सरकारको समर्थन’bout निर्णय गर्न सक्ने
काठमाडौं, वैशाख ६ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज बस्दैं छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । वैठकमा पार्टीले सरकारलाई दिएको समर्थन ’bout निर्णय आउन सक्ने बुझिएको छ ।
नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागिरहे पनि प्रधानमन्त्री ओलीले एक औपचारिक कार्यक्रममा आफ्नो नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर देखाउन चुनौती दिएका थिए ।
यसअघि आइतबार प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी भएको थिएन् । यस्तै अन्य समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजना’bout छलफल गर्न बैठक बोलाइएको छ ।