उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लगाउने तयारी
काठमाडौं, १२ वैशाख: सीसीएमसीले शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेपछि काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन लागिएको छ ।
अघिल्लो वर्ष जस्तै उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी(काठमाडौं, भक्तपुर र ललितपुर)को संयुक्त बैठकबाट निषेधाज्ञा’bout निर्णय गर्ने तयारी गरेका हुन् ।
उपत्यकाका तीनवटै जिल्लामा ५ सय बढी सक्रिय संक्रमित छन् ।