सरकारले उपत्यकासहित अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने

काठमाडौं, वैशाख १४ : सरकारले काठमाडौं उपत्यकाका तीनसहित कोरोना अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

यसअघि काठमाडौं, ललितपुर र भक्तपुरमा एक हप्ता निषेधाज्ञा गर्ने घोषणा भएको गरेको भएपनि मन्त्रिपरिषद्को सोमवार रातिको बैठकले भने १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयहरुले ७ दिन निषेधाज्ञा गर्ने भने पनि सरकारले त्यो अवधि बढाएर १५ दिन पुर्‍याएकाले हो ।

यस्तै सरकारले सबै परीक्षा स्थगित गर्ने कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयलाई पारित गरेको छ । यस्तै सरकारले अर्को निर्णय नभएसम्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठक बस्नुभन्दा अघि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ७ दिनको अवधि तोकेर बिहीवारदेखि निषेधाज्ञा गर्ने घोषणा गरेको थियो ।