पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीद्वारा उपचार
काठमाडौँ : कोरोना संक्रमण भएपछि नर्भिक हस्पिटलको आईसीयूमा भर्ना भएकी पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको उपचार बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट थालिएको छ।
श्वासप्रश्वासमा समस्या तथा अक्सिजनको मात्रा कम भएपछि पूर्वरानी शाहलाई बुधबार साँझदेखि आईसीयूमा राखिएको थियो ।
आज पनि उनलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको चिकित्सकले बताएका छन्।
नर्भिकमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर रहेको अस्पतालले जनाइएको छ।
पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको र अक्सिजनको सपोर्ट दिनु नपरेको नर्भिकले जनाएको छ।
कोरोना संक्रमित पूर्वराजपरिवार गत शनिबारदेखि नर्भिक अस्पतालमा उपचाररत छ।