पूर्वप्रधानमन्त्री झलनाथ खनालाई कोरोना भाइरसको संक्रमण
काठमाडौं, वैशाख १८ : नेकपा (एमाले) वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरसको संक्रमण भएको छ।
श्वासप्रश्वासमा समस्या र झाडापखाला लागेपछि उनलाई मनमोहन अस्पताल भर्ना गरिएको थियो। त्यहाँ स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
उनलाई थप उपचारका लागि नर्भिक अस्पताल ल्याइएको छ। श्वासप्रश्वासमा समस्या भए पनि उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।