लुम्बिनीका तीन एमाले प्रदेश सांसदले दिए राजीनामा

बुटवल, वैशाख १९ : लुम्बिनी प्रदेशका तीन जना एमाले प्रदेश सांसदले राजीनामा दिएका छन्।

शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुनः नियुक्त भएपछि असन्तुष्ट बनेका एमाले प्रदेश सांसद दुगनारायण पाण्डेय, धर्मबहादुरलाल श्रीवास्तव र अजय शाहीले पदबाट राजीनामा दिएका हुन्।

पाण्डेय कपिलवस्तु क्षेत्र नम्बर १ (क), श्रीवास्तव कपिलवस्तु क्षेत्र नम्बर २ (ख)  र शाही नवलपरासी पश्चिमबाट निर्वाचित भएका थिए । उनीहरुले राजीनामा पत्र प्रदेश सभा सचिवालयलाई पठाइसकेका छन् ।