लुम्बिनीको मुख्यमन्त्रीमा ४२ सांसद्को हस्ताक्षर सहित कुलप्रसाद केसीको दाबी

काठमाडौं, वैशाख १९ : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी गरेका छन् ।

शंकर पोखरेल मुख्यमन्त्रीमा पुनः नियुक्त भएको १ घण्टा पनि नबित्दै माओवादीका सांसद केसीले आफ्नो पक्षमा रहेका ४२ सांसद्को हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख धर्मनाथ यादवसामू दाबी पेश गरेका छन्।

केसीका पक्षमा कांग्रेस र जसपासहित भर्खर प्रदेशसभा सदस्यबाट राजिनामा दिएका एमालेका दुगनारायण पाण्डेय, धर्मबहादुरलाल श्रीवास्तव र अजय शाही तथा माओवादीमा गएकी नेकपा सांसद् विमला वली छन् ।

यी हुन् केसीका पक्षमा हस्ताक्षर गर्ने ४२ सांसद्