आन्तरिक र भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान बन्द गर्ने सरकारकाे निर्णय

काठमाडौं, वैशाख १९ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले आन्तरिक र अन्तराष्ट्रिय हवाइ उडान पनि बन्द हुने भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २० गते राति १२ बजेदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो। सीसीएमसीको सिफारिशमा आन्तरिक उडान बन्द गर्ने निर्णय भएको जनाएको छ।
त्यस्तै, वैशाख २२ गतेदेखि भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ ।
कोरोना संक्रमण दिनदिनै बढिरहेको छ। आज सात हजारभन्दा बढी संक्रमित थपिएका छन्।