भारतका युवा वैज्ञानिक राहुल सिंहले बनाए नेचुरल अक्सिजन मास्क

नयाँ दिल्ली, वैशाख १९ : भारतभर अक्सिजनको संकट भइरहेका बेला गोरखपुरका युवा वैज्ञानिक राहुल सिंहले नयाँ प्रविधिको मास्क बनाएका छन् । अक्सिजनको आवश्यकता महसुस गरी आफूले यस्तो मास्क बनाएको र यस मास्कले हावाबाट अक्सिजन बनाउने उनको दाबी छ । ‘नेचुरल अक्सिजन मास्क’ नाम दिइएको यस मास्कको उमेर समूह अनुसार मूल्य निर्धारण गरिएको छ । १८ वर्ष उमेर सम्मका व्यक्तिले लगाउने मास्कलाई भारतीय पाँच सय रुपैयाँ र यसभन्दा माथिल्लो उमेरकाले लगाउने मास्कलाई भारतीय आठ सय रुपैयाँ तोकिएको छ।

राहुलका अनुसार, यो माक्सले अक्सिजनलाई ठीक स्तरमा राख्न मद्दत गर्छ । मदन मोहन मानवीय प्रौद्योगिकी विश्वविद्यालय (एमएमएमयुटी) गोरखपुरको इनोभेसन सेन्टरमा आबद्ध राहुलक अनुसार, यस मास्कका लागि यस्तो डिभाइस बनाइएको छ, जसले प्राकृतिक रूपबाट अक्सिजन तयार गर्छ।

उनले बनाएको मोबाइल फोनको आकारको डिभाइसलाई गोजीमा सजिलै राख्न सकिन्छ । जब आफूलाई अक्सिजन लेभल कम भएको महसुस हुन्छ, डिभाइसमा भएको बटन अन गरी त्यससँग जोडिएको पाइपको पिनलाई मास्कमा जोडेर अक्सिजन लेभल झर्नबाट रोक्न सकिन्छ।

राहुलका अनुसार, डिभाइसमा एक चिप राखिएको छ, जसबाट डिभाइस खराब भएको जानकारी पनि मिल्छ । सोही जानकारीबाट आफूले घरमै बसी खराब भएको डिभाइस बनाउने पनि उनको दाबी छ । उनका अनुसार, यस डिभाइसलाई कुनै पनि माक्समा राखेर प्रयोग गर्न सकिन्छ।

उनले आफ्नो नयाँ प्रविधिलाई आम जनतासम्म पु¥याउनका लागि सम्बन्धित निकायमा आवेदन दिएका छन, त्यहाँबाट अनुमति मिल्यो भने थप मास्क उत्पादन गर्ने उनको योजना छ।

अहिले आफूसँग भएको स्रोत–साधनले मात्र एक दिन मा एक लाख मास्क तयार गर्न सक्ने राहुल बताउँछन् । कक्षा १२ का छात्र राहुलले अहिलेसम्म ५० भन्दा बढी नयाँ प्रविधि बनाएका छन् । अहिले ‘मदन मोहन मालवीय प्रौद्योगिकी विद्यालय’ के इनोभेसन सेन्टरसँग आबद्ध रही केही प्रोजेक्टमा कार्य गरिरहेका उनले अघिल्लो वर्ष बनाएको स्यानिटाइजर टनल र हेन्ड स्यानिटाइजर मेसिन काफी चर्चामा रहेको थियो।

कसरी काम गर्छ डिभाइसले ?

यस मास्कका लागि राहुलले सबैभन्दा पहिले ‘एयर मोटर’ बनाए र त्यसमा एउटा स्मार्ट सर्किट जोडे । सर्किटको माध्यमबाट एयर मोटरले हावालाई सातपटक फिल्टर गरी अक्सिजन तयार गर्छ।

एमएमएमयुटीका कुलपति प्रो. जेपी पाण्डेयका अनुसार, राहुल सिंह जनोपयोगी चिजको निर्माणमा अनवरत लागिरहेका छन् । राहुलको क्षमतालाई देखेर विश्वविद्यालयले उनलाई आफ्नो इनोभेसन सेन्टरमा आबद्ध गरेको पाण्डेयको भनाइ छ।

(अमर उजालाबाट)