प्रधानमन्त्री ओलीलाई संसदबाट बहुमत लिन रोक्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट बहुमत लिनबाट रोक्ने भएको छ।

सहमहामन्त्री प्रकाशशरण महतका अनुसार सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णयभएको छ ।

‘विश्वासको मत लिनबाट ओलीजीलाई फेल गराउन लाग्ने निर्णय भएको छ,’ उनले भने, ‘पहिलो लक्ष्य विश्वासको मत जुटाउनबाट रोक्ने हो। त्यसपछि वैकल्पिक सरकार’bout छलफल हुन्छ।’प्रधानमन्त्री ओलीले वैशाख २७ मा संसदबाट विश्वासको मत लिने बताएका छन्।