माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझायो

काठमाडौं, वैशाख २२ : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थन फिर्ता लिएको छ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बुधबार विहान समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाउँदै ओलीलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको हो । माओवादीको मंगलबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

माओवादीले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका ओलीले वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमार्फत विश्वासको मत लिँदैछन्।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो। तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।