गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथिको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने

काठमाडौं, वैशाख २६ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि वैशाख २७ गते मतदान हुने भएको छ।

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभा बैठक बस्ने सहमती भएको छ । बैठकमा  एमालेले २८ र विपक्षी दलहरुले २६ गते प्रदेशसभा बैठक बस्नुपर्ने प्रस्ताव गरेका थिए तर २७ गतेका लागि सहमति भएको हो ।  

१५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो । तर राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।