बादल र देवकोटाले राष्ट्रियसभा उपनिर्वाचनका लागि दिए उम्मेदवारी

काठमाडौं, वैशाख २४ : वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा रामबहादुर थापा बादल र डा. खिमलाल देवकोटाले उम्मदेवारी दिएका छन । बादल नेकपा एमालेका उम्मेदवार हुन् भने देवकोटा स्वतन्त्र उम्मेदवार हुन् । 

बादल र देवकोटाले हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन्। उपनिर्वाचन आगामी जेठ ६ गते  हुनेछ । 

बादलको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत छन् । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नोपल समूहको समर्थन छ ।