ओलीसँग कुनै सहमति भएको छैनः माधवकुमार नेपाल

काठमाडौं, वैशाख २४ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीसँग कुनै सहमति नभएको स्पष्ट पारेका छन्।

बिहीबार भएका वार्ताका शृंखला’bout आफ्नो फेसबुक पृष्ठमार्फत जानकारी दिँदै नेपालले २ जेठ ०७५ कै अवस्थाको एमाले मात्र पार्टी एकताको आधार रहेको प्रष्ट्याएका हुन्।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौं किनकि यो हामीले निर्माण गरेको पार्टी हो। यसका लागि वार्ता र लचकता दुवै अपनाउछौँ, तर अहिलेसम्म कुनै सहमति भएको छैन,’ उनले भनेका छन्, ‘२०७७ फागुन २८ र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो।’

यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने अभियानमा लागिरहन उनले आफू पक्षका नेता-कार्यकर्तालाई आह्वान गरेका छन्।