अमेरिकामा गोली प्रहारबाट एक नेपालीको मृत्यु

अमेरिकामा शनिबार बिहान भएको आगजनी तथा गोली प्रहारमा परेर एक नेपालीको मृत्यु भएको छ। मृत्यु भएका संखुवासभा खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरे भएको पुष्टि भएको छ ।

घिमिरेले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्लिफ्टन विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक गरेका थिए।

बाल्टिमोर काउण्टीको उडलनमा भएको उक्त आगजनी तथा गोली प्रहारमा घिमिर सहित ४ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै एनबीसी न्युजले जनाएको छ ।