मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिए राजीनामा, तीन दिनभित्र अर्को सरकार गठनका लागि आह्वान

पोखरा, २६ वैशाख: प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका छन् । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरेको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए । उनको राजिनामा प्रदेश प्रमुख सीताकुमारी पौडेलले स्वीकृत गरेकी छन् । र, तीन दिनभित्र अर्को सरकार गठनका लागि आह्वान गरेकी छन् ।