नेपालमा पहिलो पटक २४ घण्टामा १३९ को मृत्यु, ९ हजार २७१ जनामा संक्रमण
काठमाडौं, वैशाख २७ : पछिल्लो २४ घन्टा नेपालमा १३९ जनाको मृत्यु भएको छ। कोरोनाका कारण एकैदिन मृत्यु हुने यो अहिलेसम्मकै उच्च हो। अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार ८ सय ५९ पुगेको छ।
यस्तै सोमबार देशभर ९ हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १८ हजार ४ सय ११ जनामा कोरोना परीक्षण गरिएको मध्ये ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार ४ हजार ७ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्। अहिले देशभर सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको छ।
यसैगरी काठमाडौं उपत्यकामा ३ हजार ६ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २ हजार ७ सय ७५, भक्तपुरमा ३ सय २७, र ललितपुरमा ५ सय ५ जना छन्।