माधव नेपालसहित चार जना नेतामाथिको कारबाही फिर्ता

काठमाडौं, वैशाख ३० : नेकपा एमालेले नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फिर्ता लिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिएको हो ।