प्रधानमन्त्री ओलीले लिए सपथ

अल्पमतका प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शीतलनिवासमा आयोजित समारोहमा सपथग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विश्वास गुमाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी थिइन् । तर, बिहीबार राति ९ बजेसम्मको समयसीमामा कसैले पनि प्रधानमन्त्री दाबी नगरेपछि राष्ट्रपतिले धारा ७६ (३) बमोजिम प्रतिनिधिसभाको ठूलो दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्रीको सपथलगत्तै मन्त्रीहरूको पनि सपथ हुँदैछ । प्रधानमन्त्री ओलीले अधिकांश मन्त्रीलाई पनि दोहोर्‍याउने भएका छन् ।