सिंहदरबारमा ओली–नेपालबीच एक्लाएक्लै भेटवार्ता

काठमाडौं, जेठ २ : प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा एक्लाएक्लै वार्ता सुरु भएको छ। प्रधानमन्त्री कार्यालयमा भएको भेटमा कार्यदल’bout छल’bout छलफल हुने बताइएको छ। 

शुक्रबार मात्रै दुई समूहका नेताहरू सहभागी बैठकले ओली र नेपाललाई कार्यदल गठनको जिम्मेवारी दिएको थियो। सोही बैठकमा पछिल्लो समय एमालेभित्र उत्पन्न विवाद समाधान गर्न २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गरेर अगाडि बढ्ने सहमति भएको थियो।

सोही सहमतिको कार्यान्वयनका सन्दर्भमा प्राविधिक पक्ष मिलाउन कार्यदल गठन गर्न लागिएको हो। ओली–नेपालले कार्यदलमा कोको रहने भन्ने टुंगो आजै लगाउने जनाइएको छ।