१४९ सांसदको हस्ताक्षर लिएर देउवालाई प्रधानमन्त्री बनाउन गठबन्धन शितलनिवास जाँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गर्ने तयारी गरेको छ।
कांग्रेस संसदीय दलको कार्यालयमा अहिले देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपाल, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलगायत नेताहरू छलफल गरिरहेका छन्। उनीहरूले सांसदको हस्ताक्षर लिइरहेका छन्। १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा नयाँ सरकारका लागि दाबी पेश गर्न जाने तयारी उनीहरूको छ। कांग्रेस नेता गगन थापाका अनुसार सभापति देउवाको नेतृत्वमा सरकार बनाउन १४९ जनाको हस्ताक्षर जुटेको छ।
हस्ताक्षर गर्नेमा कांग्रेस र माओवादी केन्द्रका बाहेक माधवकुमार नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र-बाबुराम समूहका १३ जना छन्। नयाँ सरकार बनाउन संसदमा कायम २७१ सांसदमध्ये १३६ जना चाहिन्छ।