प्रधानमन्त्रीमा ओलीले पनि गरे दाबी

केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी -(जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित कांग्रेसका सभापति शेरबहादुर देउवा शीतल निवास पुगेका थिए ।