पछिल्लो २४ घण्टामा ७९१४ संक्रमण, १९३ काे मृत्यु, ७६६४ संक्रमणमुक्त

काठमाडौं, जेठ ९ : पछिल्लो २४ घण्टामा देशभर ७९१४ जना संक्रमित थपिएका छन्। यस्तै १९३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा २८२१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये भक्तपुरमा ३६६, ललितपुरमा ६९४ र काठमाडौंमा १७६१ जना रहेका छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ७६६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।