वरिष्ठ नेताद्वय खनाल र नेपालसहित ११ जना साधारण सदस्यबाटै निष्काशित

काठमाडौं, जेठ १० : नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गर्ने निर्णय गरेको छ ।
आज बसेको स्थायी कमिटी बैठकले खनाल र नेपालसहित विघटित संसदका ११ जना सांसदलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको हो ।
निष्कासन पर्नेमा नेता खनाल र नेपालसहित भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्का रहेका छन् ।
पार्टीविरूद्द गतिविधि गरेकोमा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नदिएकाले पार्टीबाट निश्कासन गर्ने निर्णय गरिएको बताईएको छ ।