पछिल्लो २४ घण्टामा कोरोनाबाट १६९ मृत्यु, ८६३६ संक्रमित, निको हुने ६४०४

काठमाडौं, जेठ ११ : पछिल्लो २४ घण्टामा १ सय ६९ जनाको मुृत्यु भएको छ।
देशभर कुल २२ हजार ९३६ जनाको परिक्षण गरिएकोमा ८हजार ६ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्।
सोही अवधिमा ६ हजार ४ सय ४ जना कोरोनामुक्त भएका छन्।
सोही अवधिका कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै २ हजार ६ सय १३ जना रहेका छन्।
तीमध्ये काठमाडौंमा १ हजार ८ सय ६३, भक्तपुरमा ३ सय २३ र ललितपुरमा ४ सय २७ जना छन्।