नेपाली सेनाका सहायक रथी केसीको कोरोनाबाट निधन

काठमाडौं, जेठ १३ : कोरोना भाइरसको संक्रमणबाट नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ। सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेका केसीको बिहीबार बिहान निधन भएको हो ।
केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए। एक महिनादेखि अस्पतालमा रहेका उनलाई केही दिन भन्टिलेटरमा समेत राखिएको थियो।कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने केसी नेपाली सेनाका उच्च अधिकारी हुन्।