प्रधानन्याधीशको एकल इजलासमा संसद विघटनविरुद्धको १९ वटा रिट सनुवाइ हुने

काठमाडौं, जेठ १३ : प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमा सुनुवाइका लागि प्रधान न्यायाधीश  चोलेन्द्र सम्शेर राणाको एकल इजलास गठन भएको छ । राणाले आफ्नै इजलासमा प्रारम्भिक सुनुवाइ तय गरेका हुन् । उक्त इजलासमा १९ रिटको मात्र सुनुवाइ हुँदै छ ।

संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।