पछिल्लो २४ घण्टामा कोरोनाबाट ६,९३९ संक्रमित; ७,२२६ संक्रमणमुक्त; १०६ मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ६,९३९ जना नयाँ संक्रमित भएका छन् भने ७,२२६ जना संक्रमणमुक्त भएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।