प्रधानन्याधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलाश गठन

काठमाडौं, जेठ १४ : प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन वदर गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तीको माग राख्दै बहुमत सांसदहरुले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइका लागि ५ सदस्यीय संवैधानिक इजलाश गठन भएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आफ्नो नेतृत्वमा न्यायधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र बमकुमार श्रेष्ठ  रहेको संवैधानिक इजलाश गठन गरेका छन् । प्रतिनिनिसभाका १ सय ४६ जना सांसदले दायर गरेको रिटको आज प्रारम्भिक सुनुवाइ हुँदैछ । 

रिटमा संसद विघटन बदर माग गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको लागि परमादेश जारी गर्न माग गरिएको छ । त्यस्तै मुद्दाको अन्तिम किनारा नलागेसम्म सरकारलाई अध्यादेशबाट वजेट ल्याउने लगायतका कुनै पनि दिर्घकालिन महत्वका काम रोक्न पनि माग गरिएको छ।