पछिल्लो २४ घण्टामा कोरोनाबाट ४४८७ संक्रमण, ६०८० संक्रमणमुक्त, ११६ मृत्यु

काठमाडौं, जेठ १५ : पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षणमा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमणबाट ११६ जनाको मृत्यु भएको छ भने ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।